सुर्खेत – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कर्णाली प्रदेशका १० जिल्लामा साढे १४ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । कर्णाली प्रहरीका अनुसार निर्वाचन सुरक्षाका लागि १४ हजार ८ सय ७ सुरक्षा जनशक्ति परिचालन गरिएको हो।


ADVERTISEMENT


वरिष्ठ प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन मतदानस्थलमा ५ हजार ७ सय २९ नेपाल प्रहरी र ९ हजार ७८ जना म्यादी प्रहरी गरी १४ हजार ८ सय ७ जना सुरक्षाकर्मी खटाइएको हो।


ADVERTISEMENT

# # #


हुम्ला, डोल्पालगायत जिल्लामा हिमपात र भौगोलिक विकटताका कारण निर्वाचनस्थलमा निर्वाचन सामग्री र निर्वाचनपश्चात् मतपेटिका ढुवानीको लागि हेलिकप्टरको व्यवस्था मिलाएको उनले बताए।

कर्णालीमा २ सय ६७ मतदानस्थल अति संवेदनशील छन्। कर्णालीमा १० लाखभन्दा धेरै मतदाता रहेका छन्।