काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । प्रतिनिधिसभा सदस्यका लागि चितवन–२ बाट उम्मेदवार बनेका लामिछानेविरुद्ध राजकुमार पाण्डेले निर्वाचन आयोगमा उजुरी दिएका हुन् ।
लामिछानेले विदेशी मुलुक अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता नत्यागेको भन्दै उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी परेको आयोगले जनाएको छ । उक्त उजुरीपछि निर्वाचन क्षेत्र नं. २ चितवनमा पत्राचार गरिएको आयोगले जनाएको छ ।
उम्मेदवार लामिछानेसँग स्पष्टीकरण साधेपछि प्राप्त हुने जवाफ अनुसार आयोगले आवश्यक प्रक्रिया अघि बढाइने बताइएको छ । सञ्चारकर्मबाट अलग्गिएर नयाँ पार्टी खोल्दै राजनीतिमा हाम फालेका लामिछानेलाई चितवन–२मा प्रबल दाबेदारका रुपमा हेरिएको छ ।