काठमाडौँ–  भारतीय राजदूतावासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रले पशुपतिनाथ मन्दिरमा  ‘शिव पूजा’ कार्यक्रम सम्पन्न गरेको छ । राजदूतावासले गत कात्र्तिक २८ गते साँझ सो पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा यो कार्यक्रम आयोजना गरिएको हो ।


ADVERTISEMENT


स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका कलाकारहरुले परम्परागत नेपाली कुमारी नृत्य प्रस्तुत गरेसँगै कार्यक्रमको सुरुवात भएको थियो । तत्पश्चात कलाकारहरुले भरतनाट्यम विधाको पुष्पाञ्ली नृत्य प्रस्तुत गरे । यस नृत्यमा फूल अर्पण गरी परम्परागत शैलीमा अभिवादन गर्ने गरिन्छ । करिब एक घण्टा लामो कार्यक्रममा कलाकारहरुले नृत्यमार्फत शिव र पार्वतीको एउटै रुप अर्धनारीश्वर र शिवको नटेश स्वरुप प्रस्तुत गरे ।


ADVERTISEMENT

# # #


कार्यक्रममा शिव नृत्यसँगै देवी र गणेशको पनि नृत्य प्रस्तुत गरियो र सम्पूर्ण शिव परिवारप्रति भक्तिभाव प्रकट गरियो । देवीको आराधना गर्दै नेपाली शास्त्रीय प्रस्तुति समेत प्रस्तुत गरियो । पशुपतिनाथ मन्दिरका गणेश रावलले उक्त कार्यक्रमको उद्घाटन गरे । पशुपति क्षेत्र विकास कोषका अधिकारी र प्रतिष्ठित व्यक्तित्वसहित २०० जनाभन्दा बढीको सो कार्यक्रममा सहभागिता थियो ।