चितवन – चितवन क्षेत्र नं २ का नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठको गाडीमाथि तोडफोड भएको छ ।


ADVERTISEMENT


श्रेष्ठको कारमाथि भरतपुर वडा नं १० पुरानो मेडिकल कलेज अगाडि  तोडफोड भएको हो ।


ADVERTISEMENT

# # #


भरतपुरमा  बा ३ च २०५० नम्बरको प्राडो कारमा अपरिचित समूहले आज बिहान ११ बजेतिर तोडफोड गरेको बताइएको छ  ।

श्रेष्ठ भरतपुर महानगरपालिका वडा नं १० पुरानो मेडिकल कलेज अगाडि चुनाव प्रचारमा थिए । गाडी रोकेर भेटघाटमा रहेको बेला तीन वटा मोटरसाइकल चढेर आएका ६ जनाको समूहले सिसा फुटाएर भागेको प्रहरीले जनाएको छ ।