काठमाडौँ – काठमाडौं क्षेत्र नम्बर ९ का प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार राजेन्द्रप्रसाद पाठकले आफूमाथि चुनावी प्रचारको क्रममा सांघातिक हमला भएको भन्दै सो घट्नामा संलग्न दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उम्मेदवार पाठकले आफूमाथि मंगलबार राति चन्द्रागिरी नगरपालिकामा कार्यक्रम सकाएर किर्तीपुर हुँदै घर फर्कने क्रममा बाघभैरव रोडको छेउमा आक्रमण भएको भन्दै घट्नामा संलग्न दोषीमाथि कारबाही गर्न माग गरेका हुन् ।
खर्पन बोकेको मान्छे चिन्ह लिएर चुनावी मैदानमा रहेका पाठकले आफ्ना एजेण्डा देखेर डराएकाहरुले नै आफूमाथि हमला गरेको दाबी गरे । उनले आफ्नो लोकप्रियता देखेर नै सत्ता गठबन्धन वा एमाले नेतृत्वको गठबन्धन मध्येबाट नै आक्रमण भएको हुनसक्ने अनुमान गरे । उम्मेदवार पाठकले आफ्नो चुनावी एजेण्डामा शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने कुरा उल्लेख गरेको जानकारी दिए ।
उनले मुलुकमा विद्यमान धर्मनिरपेक्षता र संघीयता खारेज गर्नुपर्ने आफूले मुख्य मुद्दा बनाएको बताए ।