काठमाडौं – नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७९-८० को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले प्रथम तीन महिनामा ४ अर्ब १८ करोड खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ४४ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जनमा २१ दशमलव २५ प्रतिशतको वृद्धि देखिएको छ ।


ADVERTISEMENT


चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनी ११ करोड ७१ लाख रुपैयाँ खुद नाफामा रहेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमाससम्म कम्पनी ८ करोड ६७ लाख मात्र नाफामा थियो । नाफा ३५ दशमलव ०१ प्रतिशतले वृद्धि भएको छ ।


ADVERTISEMENT

# # #


४ अर्ब ३ करोड चुक्ता पुँजी भएको यस कम्पनीको जगेडामा ७७ करोड २५ लाख संचित छ । जीवन बीमा कम्पनीको लागि एकदमै महत्वपूर्ण जीवन बीमा कोष १९ दशमलव ७८ प्रतिशतले वृद्धि हुँदै ५३ अर्ब ७७ करोड पुगेको छ ।

प्रकाशित तथ्यांकअनुसार कम्पनीको प्रति शेयर आम्दानी ११ रुपैयाँ ६१ पैसा र प्रति शेयर नेट वर्थ १२८ रुपैयाँ ०९ पैसा छ ।

कम्पनीका अनुसार कम्पनीले २ अर्ब ११ करोड खुद दावी भुक्तानी गरेको छ भने ७४ करोड ८३ लाख दावी भुक्तानी गर्न बाँकी छ ।