काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले योजनावद्ध विकास गर्ने बताएका छन् ।
आसन्न निर्वाचन ४ मंसिरको निम्ति घरदैलो कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका उम्मेदार पौडेलले विकासका लागि टुक्रे योजनाभन्दा आवश्यकतालाई एकीकृत गरी योजनावद्ध विकास गर्ने बताएका हुन् ।
रुपन्देही–२ बाट प्रतिनिधि सभा उम्मेदवार रहेका पौडेलसँगको प्रतिस्पर्धामा सत्तारुढ गठबन्धनको तर्फबाट जनमुक्ति पार्टीका केशवबहादुर थापा रहेका छन् ।