काठमाडौँ– महालक्ष्मी बैंकका ग्राहकले अब स्वास्थ्य, रेष्टुरेन्टदेखि श्रृङ्गार तथा आयुर्वेद क्षेत्रहरुमा छुट पाउने भएका छन् ।


ADVERTISEMENT


बैंकले दि हिमालयन ग्रील बाई बाजेको, कुन्डलिनी आयुर्वेदा, सुबाकी ब्यूटी सलुन एण्ड इन्टरप्राइजेज प्रा.लि, ओपुलेन्स एस्थेटिक्स प्रा.लि तथा क्रिष्टल डायग्नोसिस प्रा.लि संग व्यवसायिक सम्झौता गरेसंगै सो संस्थाहरुमा महालक्ष्मीका ग्राहकले विशेष छुट पाउने भएका हुन् ।


ADVERTISEMENT

# # #


सम्झौता गरिएका कम्पनीसंगको तस्बीर ।

बैंकका अनुसार, यी पाँच संस्थाअन्तर्गत महालक्ष्मी ग्राहकले दि हिमालयनको सम्पूर्ण सेवामा १५%, कुन्डलिनी आयुर्वेदाका सेवामा २०%, सुबाकी ब्यूटी सलुन एण्ड इन्टरप्राइजेजको सेवामा १०%, ओपुलेन्स एस्थेटिक्सको सेवामा १०% र क्रिष्टल डायग्नोसिसको सेवामा अधिकतम २५% को छुट प्राप्त गर्नेछन् ।

यद्यपि यसका लागि ग्राहकले महालक्ष्मीको डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।  यस सहकार्यबाट आफ्ना ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास छ ।

‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै विगत २८ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मीले डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले  विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु समेत संचालन गर्दै आएको छ ।