काठमाडौँ – मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसमा सदस्य निर्वाचनका उम्मेदवारले मौन अवधिमा घरबाहिर निस्किएर आफ्नो जन्मदिन समेत मनाउन नपाउने भएका छन् ।


ADVERTISEMENT


बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मौन अवधिमा हुने भोजभतेरलाई नियन्त्रण गर्न आयोगले उक्त आचारसंहिता बनाएको बताएका हुन् । यद्दपी घरभित्रै बसेर भने जन्मदिन मनाउन पाइने उनले बताए ।


ADVERTISEMENT

# # #


प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘उम्मेदवार, राजनीतिक दल वा निर्वाचनमा प्रभाव पार्ने व्यक्तिहरु सकेसम्म यो ३–४ दिनभित्र जन्मिएका नपरुन्, परिहाले पनि भित्रै बसेर जे गर्नुछ गरुन्, त्यो गरेको फोटो खिचेर सामाजिक सञ्जालमा नहालुन् । ४ गतेपछि त उहाँहरुलाई हामी स्वतन्त्र छोडिहाल्छौँ ।’

निर्वाचन आयोगले आगामी आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि मौन अवधि आज राती १२ बजेदेखि सुरु हुँदैछ । यस अवधिमा प्रचारप्रसार गर्ने, मतदातालाई प्रभाव वा प्रलोभनमा पार्न नपालइने आयोगले जनाएको छ । साथै आयोगले निर्वाचनको सम्पूर्ण व्यवस्थापिकीय तयारी सम्पन्न भएको जनाएको छ ।