पर्सा– आसन्न चुनावको मुखमा सिमानाका नेपाल–भारत प्रहरी कार्यालयहरुबीच छलफल भएको छ । जिल्लाको वीरगंज महानगरको मुख्य सिमा प्रहरी कार्यालयहरु, भारत विहार राज्य, रक्सौल सिमाका प्रहरी कार्यालयका प्रतिनिधिहरुबीच सिमाना तथा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको सुरक्षाको सम्बन्धमा छलफल सम्पन्न गरिएको हो ।


ADVERTISEMENT


वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा सम्पन्न सो अन्र्तक्रिया कार्यक्रममा स्थानियस्तरमा दुवै देशका प्रहरीहरुबीच सहयोग आदान–प्रदान तथा सिमा अपराध नियन्त्रण गर्ने विषयमा पनि छलफल गरिएको छ ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालय पर्साका प्रनाउ निर्मल बुढाथोकिको विशेष उपस्थिति रहेको कार्यक्रममा विर्ता मातहतका सिमा प्रहरी चौकी नगवा, इनर्वा, छपकैया, सिर्सिया, इनर्वागाँउ र भारत विहार राज्य, रक्सौल प्रहरी कार्यालयका तर्फबाट सब डिभिजिनल पुलिस अफिसर, रक्सौलका चन्द्र प्रकाशको नेतृत्वमा रक्सौल, अदापुर, महुवा, हरपुर, भेलही र हरैया थानाका थाना प्रभारीहरुले सहभागिता जनाएका थिए ।