काठमाडौँ– भारतमा विपक्षी कांग्रेस दलका नेता राहुल गान्धी अहिले विपक्षीको आलोचना र व्यङ्ग्यको शिकार बनेका छन् ।
बुधवार उनीद्वारा सञ्चालित सत्ताधारी दल विरुद्व भारत जोडो यात्रा’ अभियानको एक कार्यक्रममा नेपाली राष्ट्रिय गान बज्दा उनी सत्ताधारी दलकै आलोचना र व्यङ्ग्यको शिकार बन्न पुगेका हुन् ।
हाल सो कार्यक्रमको भिडियो सामाजिक सञ्जालमा भाइरल नै बन्न पुगेको छ । जसमा उनले राष्ट्रिय गान बजाउन अनुरोध गर्दा नेपाली राष्ट्रिय गान बजेपछि उनीहरु स्वयम् नै केहिबेर अन्योलमा परेको देखिन्छ ।
https://twitter.com/BefittingFacts/status/1593078362704351234?s=20&t=yJcznI8HBgza5RLA_vy83Q