काठमाडाैं – निर्वाचन सुरक्षा योजना अनुसार मतदान स्थलको सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना खटिने छ ।

निर्वाचन सुरक्षार्थ सशस्त्र प्रहरीलाई मोबाइल, स्ट्राइकिङ, क्यूआरटीररिजर्भ, निर्वाच्न क्षेत्र सुरक्षा, कमाण्ड पोष्ट, जिल्लास्थित निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय लगायतमा सुरक्षा प्रबन्ध मिलाउन परिचालन गरिएको छ ।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



राष्ट्रिय अनुसन्धान विभागलाई निर्वाचन सुरक्षासँग सम्बन्धित सूचना संकलन, विश्लेषण गर्ने कार्यमा परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ । यसका लागि केन्द्र अन्तरगत प्रदेश तथा जिल्ला कार्यालयबाट खुला एवं आवरणका कर्मचारी, स्थायी र अस्थायी सूत्र परिचालन गरिएको बताइएको छ ।

जिल्लाबाट परिचालन गर्दा कम्तिमा महानगर क्षेत्रमा ५, उपमहानगरमा ३, नगरपालिकामा २ र गाउँपालिकामा एकजनाको दरले फिल्डमा कर्मचारी परिचालन गर्ने भनिएको छ ।

नेपाली सेनाले आपतकालीन समयमा गर्नुपर्ने उद्दार कार्यमा जनशक्ति, उद्दार सामग्री र उपलब्धताको आधारमा हेलिकोप्टरसमेत प्रयोग गर्ने गरी व्यवस्था गरिएको छ । निर्वाचनको समयमा देखिनसक्ने शंकास्पद वस्तु र विष्फोटक पदार्थलाई निष्कृय पार्न पनि सेनालाई तैनाथ राखिएको छ । यसका लागि सेनाले ९ सय ३ स्थानमा बम डिस्पोजल टोली तयारी अवस्थामा राखेको छ ।

मतदानको दिन हरेक मतदान केन्द्रबाट बढीमा ३० मिनेटको दुरिमा फौज तैनाथ राखिएको पनि सेनाले जनाएको छ ।