काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सांसद भएपछि पार्टीभित्र संसदीय दलको निर्वाचनको तयारी गर्ने बताएका छन् ।


ADVERTISEMENT


काठमाडौंको मैतिदेवीमा मतदान पछि प्रतिक्रिया दिदैं थापाले अहिलेको मत परिणामले सांसदमात्रै दिने नभएर नेपाललाई कसले हाक्ने भन्ने निर्धारण समेत गर्ने र त्यसको तयारी आफुले गर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले संसदीय व्यवस्थाभित्र ठूलो परिवर्तन ल्याउनका लागि मुलधारका राजनीतिक दलहरुलाई पनि परिवर्तन गर्नुपर्ने जिकिर गरे । निर्वाचनपछि आउने सरकारले दिनरात नभनी काम गरे अप्ठरो नहुने तर बिगतकै निरन्तरतालाई कायमै गरे समस्या आउन सक्ने उनले बताए ।

उनले जनताको परिवर्तनको आकांक्षालाई पुरा गर्नका लागि गरेका प्रतिवद्धतालाई कार्यान्वयन गर्ने धारणा राखे ।