काठमाडौं – एभरेष्ट प्रिमियर लिग क्रिकेट(इपीएल) मा पोखरा राइनोजले चितवन टाइगरलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो विजयी सुरुवात गरेको छ ।


ADVERTISEMENT


मंगलबार चितवनले दिएको ११४ रनको लक्ष्य पोखराले १७.४ ओभरमा विना विकेटको क्षतिमा भेट्टाएको हो ।


ADVERTISEMENT

# # #


त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको चितवनले राम्रो सुरुवात गर्न सकेन । ओपनर दिलिप नाथ मात्र ६ रनमा आउट भए, जतिबेला टिमको स्कोर ७ रन थियो ।

टिमले थप चार रन जोड्दा साबेज खान शुन्यमै आउट भए । अनिल मण्डलले दिपेन्द्र सिंंह ऐरीसँग मिलेर पारी सम्हाल्ने प्रयास गरे ।

उनीहरुले तेस्रो विकेटका लागि ६७ रनको साझदारी गरे । मण्डल ३२ रनमा आउट भए । एरीले ४२ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंंक जोड्न सकेनन् र २० ओभरमा ९ विकेट गुमाएर ११३ रन बनायो ।

जवाफमा पोखराले शानदार प्रर्दशन गर्‍यो । उसका आपनरद्वय इज्राउल्ला र सुनिल धमलाले १७।४ ओभरमा टिमलाई जित दिलाए । पाकिस्तानी क्रिकेटर इज्राउल्लाले नटआउट ६१ रन बनाउँदा धमला ४६ रनमा अविजित रहे ।

चितवनको ४ विकेट लिएका इज्राउल्ला म्यान अफ दि म्याच बने ।