काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई संयम भएर धैर्यता अपनाउन आग्रह गरेका छन् ।


ADVERTISEMENT


मंगलबार सामाजिक सञ्जाल फेशबुकमा ‘स्टाटस’ लेख्दै भण्डारीले एमाले अध्यक्ष ओलीलाई आउन थालेको पदका लागि संयम र धैर्यता अपनाउन आग्रह गरेका हुन् । ‘‘संयम र धैर्यका साथ आउन थालेको पदको स्वागत गर्ने कि रु’’ उनले स्टाटसको अन्तिममा लेखेका छन् ।


ADVERTISEMENT

# # #


नेता भण्डारीले तुल्सी गिरी र कमल थापाहरुले सत्तामोह देखाएर तत्कालिन राजा ज्ञानेन्द्र शाहलाई सत्तामोहको जालमा नफसाएको भए उनी दलहरुभन्दा बाहिर नजाने पनि स्मरण गराएका छन् । उनले घुमाउरो पारामा कांग्रेस सभापति शेरबहादुर देउवाकै कमजोरीका कारण अहिलेको अवस्था सिर्जना भएको दावी गर्दै एमाले नेता ओलीलाई हल्ला र गाली गलौजमा नउत्रिन पनि भनेका छन् ।

‘‘आज तपाई जहाँ पुग्दै हुनुहुन्छ, आदरणिय शेरबहादुरजी निर्वाचन गराएर सत्ता हस्तान्तरण गर्ने प्रतिवद्धता र उहाँका धुपौरेहरुको कमजोरीमा खेल्ने बानीका कारण पुग्दै हुनुहुन्छ,’’ कांग्रेस नेता भण्डारीले लेखेका छन्, ‘‘त्यसकारण घेरै हल्ला र गालीगलौज गरेर आफ्नो बाटो नरोक्न अनुरोध ।’’