काठमाडौँ– काठमाडौँका १० क्षेत्रको मत भिन्दाभिन्दै स्थानमा गणक हुने भएको छ । जसमध्ये क्षेत्र नम्बर १ को मतगणना बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा र हुने जनाएको छ ।


ADVERTISEMENT


यस्तै, क्षेत्र नम्बर ३ को गोकर्णेश्वर नगरपालिका जोरपाटीस्थित चामुण्डा विद्यालयमा, क्षेत्र नम्बर ४ बुढानिलकण्ठ चपलीस्थित ज्येष्ठ नागरिक भवन, क्षेत्र– ५ को टोखास्थित समाज भवन तथा क्षेत्र– ६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा गणक हुने भएको छ ।


ADVERTISEMENT

# # #


त्यसैगरि, क्षेत्र नम्बर ,७, ८, ९ र १० को क्रमशः बालाजुस्थित जुडो हल, स्वयम्भूस्थित गीतामाता विद्यालय, रविभवनस्थित न्यासन कलेज र कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा हुने बुझिएको छ ।

काठमाडौंलगायत तराईका जिल्लाहरूमा आज राति ९ बजेबाट नै मत गणना कार्य सुरु गरिने निर्वाचन आयोगको तयारी छ । आज साँझ ५ बजे मतदान कार्य सम्पन्न हुनासाथ सबै मतपेटिकाहरू संकलन गर्ने कार्य प्रारम्भ हुने र ७ बजेसम्म मतपेटिका संकलन गरी एक घण्टा छलफलको समय राखेर आज नै राति ९ बजेदेखि मतगणना कार्य प्रारम्भ हुने आयोगले जनाएको छ ।