काठमाडाैं – आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा कतिपय मतदान स्थगित भएका क्षेत्रमा दुई दिनभित्र फेरि चुनाव हुने भएको छ ।


ADVERTISEMENT


स्थगित वा मतदान केन्द्रमा दुई दिनभित्र पुनः मतदान गर्ने गरी व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइएको निर्वाचन आयोगले बताएको छ ।


ADVERTISEMENT

# # #


आयोगले सुर्खेत, नवलपरासी, गुल्मी र बाजुराका विभिन्न १५ स्थानमा मतदान स्थगित भएको जनाएको हो । मतदानका क्रममा फाटफुट घटना घटे पनि समग्रमा निर्वाचन शान्तिपूर्ण भएको निष्कर्ष निकालेको छ ।