काठमाडौँ – डिश मिडिया नेटवर्कले आफ्नो फिफा विश्वकप २०२२ अभियान ‘फिल द म्याजिक अफ फुटबल इन डिशहोम’ अभियान शुरु गरेको छ ।


ADVERTISEMENT


नेपालको एक मात्र डीटीएच कम्पनी डिशहोमले लामो समयदेखि प्रतिक्षा गरिएको फिफा विश्वकप फुटबलको प्रशारण गर्नेछ । हरेक चार चार वर्षमा हुने विश्वकप फुटबललाई नेपाली फुटबलका फ्यानहरुले हर्षोल्लासका साथ स्वागत गर्ने गरेका छन् ।


ADVERTISEMENT

# # #


नेपाली सामाजिक सञ्जालको लोकप्रियता र फ्यानहरुको गतिबिधीलाई मध्यनजर गर्दै डिशहोमले धेरै उपहारहरु सहित सामाजिक सञ्जालका लागि विभिन्न डिजिटल अभियानहरु जारी गरेको छ । त्यस अभियानमा सहभागी हुनका लागि सहभागीहरुले डिशहोमको फेसबुक पेजमा गइ पोस्टमा #MagicalMomentsof (आफ्नो मन पर्ने टिम)प्रयोग गर्नुपर्नेछ ।

साथै आफूले समर्थन जनाएको देशको म्याजिकल क्षणहरुको भिडियो क्लिप वा फोटो पोस्ट गर्नुपर्ने कम्पनीले जनाएको छ ।