काठमाडौं – हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ । विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु  धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरी व्रत बस्ने गर्दछन् । जुन दिन जुन भगवानको विशेष दिन हो सोही भगवानको पूजा तथा आरधाना गरेमा सही फल मिल्नेछ । हिन्दुशास्त्र अनुसार हरेक हप्ता हरेक भगवानका लागि विशेष दिन भाग लगाइएको छ ।


ADVERTISEMENT


यसैले आज बुधबार भएकाले बुधबार विशेष दिन मान्ने भगवान र पूजा आरधानको कुरा गरौँ । ‘बुध‘ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल–देव (कृष्णको अवतार)को पुजा गरिन्छ।


ADVERTISEMENT

# # #


पुजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ। साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। भनिन्छ नि सोम खेती बुध घर । आजको दिन घर बसाल्दा अति नै उत्तम हुनेछ ।

कृष्णलाई पुकार्ने विधि स् ईश्वरको पूजा, प्रार्थना, शक्तिको उपासना परापूर्वकालदेखि हरेक धर्म, संस्कृतिको अभिन्न अंग बन्दै आएको छ । सबैजसो धर्ममा भक्ति गीत, भजन, मन्त्र, संगीत, नृत्य एवं ध्यान आदिबाट ईश्वरको पूजा, पाठका साथै स्तुति गाइन्छ । व्यक्तिगतरूपमा अथवा सामुहिकरूपमा प्रार्थना गरी इस्टदेव, परमात्मा वा शक्तिपीठका सामु भौतिकरूपमा मात्र नभई भावनात्मक रूपमा लीन भई ईश्वर साक्षात्कार गर्नु सबैजसो धर्मसंस्कृतिको अभिन्न अंग रहिआएको छ ।