काठमाडौँ – प्रतिनिधिसभा सदस्यका लागि काठमाडौँ क्षेत्र नं. ५ मा नेपाली काँग्रेसका प्रदीप पौडेल विजयी भएका छन् । पौडेलले एमालेका वरिष्ठ उपाध्यक्ष ईंश्वर पोखरेललाई हराउँदै संघीय संसदको यात्रा तय गरेका हुन् ।


ADVERTISEMENT


मंगलबार साँझ सार्वजनिक अन्तिम मतपरिणाम अनुसार पौडेलले पोखरेललाई ५ हजार ६२ मतान्तरले पराजित गरेका हुन् । जस अनुसार पौडेलले १५ हजार २३७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी पोखरेलले १० हजार १७५ मत ल्याए ।


ADVERTISEMENT

# # #


यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका डा. प्रणय शम्शेर राणा ५ हजार ४७३ मतसहित तेस्रो भए ।