भोजपुर – भोजपुरमा माओवादी केन्द्रका सुदन किरातीले १६ सय बढी मतको अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार सुदनले ७ हजार ४१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शेरधन राईले ५ हजार ४०० मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT


अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट माओवादीका किराती नै निर्वाचित भएका थिए। तर त्यो बेला एमाले र माओवादी एकता गरेर नेकपा गठन भएको बेला थियो। भोजपुरमा लामो समयदेखि नै यी प्रतिस्पर्धीबीच रोचक प्रतिस्पर्धा हुँदै आएको छ ।


ADVERTISEMENT

# # #


२०६४ मा सुदनले शेरधनलाई नै हराएर निर्वाचन जितेका थिए । तर २०७० को निर्वाचनमा शेरधनले सुदनलाई हराएर बदला लिएका थिए ।