पर्सा– पर्सा–२ (२) मा रमेशप्रसाद कुर्मी पुनः निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार कुर्मी दुई हजार छ सय ३७ मतान्तरले विजयी भएका हुन् ।


ADVERTISEMENT


कुर्मीले नौ हजार चार सय ४१ मत हासिल गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहले छ हजार आठ सय ३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए । कुर्मी विसं २०७४ को आम निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए । रासस


ADVERTISEMENT

# # #