पर्सा – पर्सा क्षेत्र नं २ (२) मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का रमेशप्रसाद कुर्मी निर्वाचित भएका छन् ।
कुर्मी प्रतिद्वन्द्वीभन्दा दुई हजार ६३७ मतान्तरले विजयी भएका हुन् । उनले नौ हजार ४४१ मत हासिल गरे । स्वतन्त्र उम्मेदवार रूपेशमान सिंहले छ हजार ८३४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए ।
कुर्मी २०७४ सालको आम निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका थिए ।