काठमाडौँ – जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई भारी मतान्तरले हराउँदै राउतले  जित दर्ता गरेका हुन् ।


ADVERTISEMENT


अन्तिम मतपरिणाम अनुसार विजयी राउतले ३५ हजार ४२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपा अध्यक्ष यादवले १६ हजार ९७९ मत पाएका छन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जय प्रकाश ठाकुरले ७ हजार ३४४ मत ल्याएका छन् ।


ADVERTISEMENT

# # #


तराईमा हिंसात्मक आन्दोलन छाडेर शान्तिपूर्ण राजनीतिमा आएका राउतले पहिलो प्रयासमै संघीय संसदको यात्रा तय गर्न सफल भएका हुन् ।