बलेवा– बागलुङ क्षेत्र नं २ मा शिक्षामन्त्री देवेन्द्र पौडेल जीत नजिक प्गेका छन् । लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का सचिव पौडेलले दिउँसो ३ बजेसम्मको मत परिणामअनुसार २३ हजार दुई सय २५ मतका साथ अग्रस्थानमा छन् ।


ADVERTISEMENT


उनलाई नेकपा (एमाले)की मञ्जु चालिसेले १८ हजार आठ सय २१ मतका साथ पछ्याइरहेका छन् । अब मतगणना हुन दुई वटा मात्रै बाँकी रहँदा जीत सुनिश्चित भएको माओबादी केन्द्रका जिल्ला इञ्चार्ज बलावती शर्माले दाबी गरे ।


ADVERTISEMENT

# # #


‘उहाँको जीत सुनिश्चित भइसकेको छ, अब दुई वटा वडाको मत गणना गर्न बाँकी छ’, उनले भने, ‘अहिलेसम्मको मतान्तरका आधारमा हाम्रो जित सुनिश्चित भइसकेको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार ढोरपाटन नगरपालिकाको थुप्लाङ र बुर्तिबाङ मतदान केन्द्रका मतपेटिकामा भएका मत गणना गर्न बाँकी छ । रासस