काठमाडौँ – प्रतिनिधिसभा सदस्यका लागि झापा निर्वाचन क्षेत्र नं. १मा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा भारी मतान्तरसहित विजयी भएका छन् । शर्माले नेकपा एमालेका अग्निप्रसाद खरेललाई १४ हजार २७५ मतान्तरले हराएका हुन् ।


ADVERTISEMENT


पहिलोपटक संघीय संसदमा निर्वाचन शर्माले ३९ हजार ६२४ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका खरेलले २५ हजार ३४९ मत प्राप्त गरे । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारी ८ हजार ५६४ मतसहित तेस्रो भए ।


ADVERTISEMENT

# # #


यसअघि दुई निर्वाचन हारेका शर्मा तेस्रो प्रयासमा संघीय संसदको यात्रा तय गर्न सफल भएका हुन् ।