काठमाडौँ – ‘सबैका लागि पहुँच’ भन्ने मूल नाराका साथ स्थापित गरिमा विकास बैंक लिमिटेड १६औँ वर्षमा प्रवेश गरेको छ ।


ADVERTISEMENT


गरिमाले आज (बुधवार) विभिन्न कार्यक्रम गरी आफ्नो स्थापनाकालको १६औं वार्षिकोत्सव मनाएको हो । जस अनुसार गरिमाले आफ्नो केन्द्रीय कार्यालय – लाजिम्पाट (काठमाडौं) एवं कोहलपुर (बाँके), बेनि (म्याग्दी), बुटवल (रुपन्देहि), वालिङ (स्याङ्जा), पोखरा (कास्की), नारायणगढ (चितवन), मलंगवा (सर्लाही) र चन्द्रगढी (झापा) मा रहेका शाखा कार्यालय र कलष्टरहरुमा वृहत्त रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रमहरुमा जम्मा ६१३ युनिट रगत संकलन भएको जनाइएको छ ।


ADVERTISEMENT

# # #


वार्षिकोत्सवकै अवसरमा गरिमाले क्रेडिट कार्ड सेवा समेत शुभारम्भ गरेको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२१ शाखा कार्यालय र ५१ एटीएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

हाल यस विकास बैंकले रु ७२ अर्ब निक्षेप संकलन गरेको छ भने रु. ६३ अर्ब कर्जा लगानीमा रहेको छ । करिब ७ लाख ग्राहकहरुलाई सेवा पु¥याईरहेको यस विकास बैंकले आफ्नो वासलात एवं अन्य प्रमुख वित्तीय सूचकहरुमा निरन्तर सन्तोषजनक तथ्य प्रस्तुत गरिरहेको छ ।