काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्माओली झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । अध्यक्ष ओलीले विपक्षी उम्मेदवार नेपाली काँग्रेसका खगेन्द्र अधिकारीलाई २८ हजार ५७४ मतान्तरले हराएका हुन् ।


ADVERTISEMENT


छौटौँ पटक संघीय संसदको यात्रा तय गरेका ओली ५२ हजार ३१५ मतका साथ विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अधिकारीले २३ हजार ७४१ मत प्राप्त गरे । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका शुरेसकुमार पोखरेल १० हजार ८८६ मतसहित तेस्रो भए ।


ADVERTISEMENT

# # #


७० वर्षीय ओली वि.सं २०४८, २०५१ र २०५६ मा झापा ६ बाट निर्वाचित भएका थिए । यस्तै वि.सं. २०७० मा भएको संविधानसभा सदस्य निर्वाचन झापा–७ बाट निर्वाचित भएका उनी वि.सं.२०७२ असोज २५ पहिलो पटक प्रधानमन्त्री समेत बने । २०७४ मा भएको संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा–५ बाटै निर्वाचित ओली झण्डै दुई तिहाई बहुमतसहित दोस्रोपटक प्रधानमन्त्री बनेका थिए ।