काठमाडौँ – प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा अछाम–२ मा काँग्रेसका पुष्पबहादुर शाह विजयी भएका छन् । शाहले काँग्रेसका यज्ञबहादुर बोगटीलाई ६ हजार ९४० मतान्तरले हराएका हुन् ।


ADVERTISEMENT


पहिलो पटक संसदीय निर्वाचन जितेका शाहले २३ हजार ०५४ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी बोगटीले १६ हजार ११४ मत प्राप्त गरे । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मीनबहादुर शाहीले १८९ मत ल्याएर तेस्रो भए ।


ADVERTISEMENT

# # #


अछाम–१ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादी पार्टीका शेरबहादुर कुँवर विजयी भएका छन् । श्रम, राजगार तथा सामाजिक सुरक्षामन्त्री समेत रहेका कुँवरले एमालेका झपटबहादुर बोहरालाई हराएका हुन् ।