काठमाडौँ – नेपाली काँग्रेसका रामहरि खतिवडा ओखलढुङ्गाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । खतिवडा ३३ हजार ५५६ मतसहित विजयी भएका हुन् ।


ADVERTISEMENT


उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज सुनुवारलाई ६ हजार ८१८ मतान्तरले हराएका हुन् । एमालेका सुनुवारले २६ हजार ७३८ मत ल्याए । यस्तै जनता समाजवादी पार्टी, नेपालका जुद्धबहादुर राईले ८९७ मत ल्याए ।


ADVERTISEMENT

# # #


यस्तै ओखलढुङ्गा प्रदेशसभा (क)मा काँग्रेसका प्रदिपकुमार सुनुवार विजयी भएका छन् भने प्रदेशसभा (ख)मा माओवादी केन्द्रका बाबुराम गौतम विजयी भएका छन् । प्रदिपकुमार सुनुवारसँग एमालेका अम्विर बाबु गुरुङ र बाबुराम गौतमसँग एमालेकै ज्ञानबहादुर खड्का पराजित भए ।