दार्चुला – एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलाबाट सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी २३ वर्षपछि प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा विजयी बनेका हुन् ।


ADVERTISEMENT


बडूले २८ हजार पाँच सय १५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का गणेशसिंह ठगुन्ना २६ हजार तीन सय ८१ मत ल्याएर पराजित भए । मुख्य निर्वाचन अधिकृत खेमराज भट्टका अनुसार ८९ हजार एक सय ५४ मतदाता रहेको दार्चुलामा ५८ हजार ५८ मत खसेको थियो ।


ADVERTISEMENT

# # #


मन्त्री बडू एमालेका ठगुन्नाभन्दा दुई हजार एक सय ३४ मत बढी ल्याएर विजयी भएका हुन् । पराजित ठगुन्ना यसअघि २०७० र २०७४ मा प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

यस्तै दार्चुलामा प्रदेशसभा (१) मा सत्ता गठबन्धनबाट कांग्रेसका विक्रमसिंह धामी र प्रदेशसभा (२) मा सत्ता गठबन्धनकै माओवादी केन्द्रका मानबहादुर धामी विजयी भएका छन् ।