बझाङ – बझाङमा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार भानुभक्त जोशी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।


ADVERTISEMENT


गत आइतबार सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनको मतगणनामा उनी नौ सय ९८ मतान्तरले निर्वाचित भएका हुन् । उनले २८ हजार एक सय ४३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार ऐनबहादुर महरले २७ हजार एक सय ४५ मत गरेको मुख्य निर्वाचन अधिकृत नन्दकिशोर राय यादवले बताए ।


ADVERTISEMENT

# # #


प्रदेशसभा १ बाट नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहले तीन हजार सात ७६ मतान्तरले विजयी भएका हुन् । उनले १७ हजार एक १३ मत प्राप्त गरे । एमालेका उम्मेदवार अफिलाल ओखेडाले १३ हजार तीन ३६ मत प्राप्त गरेका छन् ।