काठमाडौं – लमजुङमा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ प्रतिनिधिसभा सदस्यमा जित हात पारेका छन् । मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा गुरूङ माओवादीका महासचिव देवप्रसाद गुरूङलाई पराजित गर्दै उनले जित हात पारेका हुन् ।


ADVERTISEMENT


सुरुवातमा माओवादीका देव गुरुङले अग्रता लिएको भए पनि मतगणना अन्तिमतिर पृथ्वीसुब्बा गुरुङले ३४ हजार ९ सय ६९ मत ल्याएर विजयी भए । माओवादीका गुरूङले ३१ हजार ७ सय ८१ मत प्राप्त गरे ।


ADVERTISEMENT

# # #


राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार २९ मत ल्याए ।