काठमाडौं– ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की भारी मतान्तरसहित विजयी भएकी छन् । केही बेरअघि सम्पन्न मतगणनाअनुसार तोसिमाले ३१ हजार १३६ मत प्राप्त गरेकी हुन् ।


ADVERTISEMENT


उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत मात्रै प्राप्त गरे । तोसिमा १८ हजार १७३ मतान्तरले विजयी भएकी हुन् ।


ADVERTISEMENT

# # #


माओवादी केन्द्रकी पम्फा भुसालले ८ हजार ७६९ मत ल्याइन् ।