धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ (१) बाट नेपाली कांग्रेसका उम्मेदवार रामसरोज यादव दोस्रोपटक निर्वाचित भएका छन् ।
सत्ता गठबन्धनको साथ पाउनुभएका यादव १७ हजार २९ मत ल्याएर दोस्रोपटक निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी जसपा एमाले गठबन्धनका उम्मेदवार जसपाका जितेन्द्रकुमार यादवले १३ हजार चार सय ५९ मत पाएका छन् ।
त्यस्तै, जनमत पार्टीका उम्मेदवार डा प्रसन्नकुमार झाले सात हजार एक सय ८६ मत पाएका छन् । रासस