मलङ्गवा– सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ ‘१’ मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार वीरेन्द्रप्रसाद सिंह पुनः निर्वाचित भएका छन् । सिंहले १५ हजार छ सय ९३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का रामबाबु यादवले १४ हजार छ सय १६ मत ल्याए ।
सिंहसहित सर्लाहीमा चार जना प्रदेशसभा सदस्यमा पुनः निर्वाचित भएका छन् । पुनः निर्वाचित हुनेमा सर्लाही १ को ‘२’ मा नेकपा (एकीकृत समाजवादी) की बेची लुङ्गेली र १ ‘१’ मा लोकतान्त्रिक समाजवादी पार्टीका उपेन्द्र महतो तथा ३ ‘२’ मा जनता समाजवादी पार्टी नेपालका सञ्जयकुमार यादव विजयी भएका छन् । रासस