हेटौंडा – निर्वाचनमा अनेक किसिमका किस्साहरु रहन्छन् । यस्तै भएको छ मकवानपुर क्षेत्र नम्बर १ को निर्वाचनमा ।


ADVERTISEMENT


राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बहादुर सिंह गत स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरको निर्वाचनमा उपमहानगर प्रमुखको पदमा उम्मेदवार थिए । उनी स्थानीय तहको निर्वाचनमा पराजित भए ।


ADVERTISEMENT

# # #


जनताका काम गरेर नथाक्ने र हारबाट नआत्तिने स्वभावका सिंह प्रतिनिधि सभाको चुनावमा होमिए । सिंह राप्रपा नेपालका कमल थापालाई २३९३ मतान्तरले पराजित गर्दै सांसद बन्न सफल भए ।

सिंहलाई नगर प्रमुखको पदमा अन्याय गरेका हेटौंडा उपमहानगरबासीले नै यसपटकको निर्वाचनमा सबैभन्दा बढी भोट दिए । अन्य स्थानबाट लगातार कम मत पाइरहेका सिंहले नगरको भोट गन्न थालेसँगै अस्वाभाविक भोट बटुले ।

सुरुदेखि तेश्रो स्थानमा रहेका  सिंहमाथि हेटौंडा उपमहानगरबासीलेले न्याय गरेको देखिएको छ ।

सिंहले २७ हजार ८१६ मत पाएका छन् ।  नेकपा एमालेको चुनाव चिह्न सूर्यबाट उठेका राप्रपा नेपालका  थापाले भने २५हजार ४२० मत पाएका छन् ।

सुरुदेखि नै अग्रता लिइरहेकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिना भने अन्तिम परिणाम आउँदासम्म तेस्रो हुँदै २४ हजार ४३४ मत मा समेटिएकी छन् ।