काठमाडौँ – नेपाली काँग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला नवलपरासी पूर्व–१ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित भएका छन् । डा. कोइरालाले नेकपा एमालेका कृष्‍णप्रसाद पौडेललाई ३ हजार ८२६ मतान्तरले हराएका हुन् ।


ADVERTISEMENT


विजयी कोइरालाले २७ हजार १२७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पौडेलले २३ हजार ३०१ मत ल्याए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतम २३ हजार ८५ मतसहित तेस्रो भए ।


ADVERTISEMENT

# # #


चिकित्सा सेवा हुँदै राजनीतिमा आएका कोइरालाले संसदीय निर्वाचनमा लगातार चौथो पटक जित दर्ता गरेका हुन् । यसअघि उनले वि.सं २०६४ मा भएको संविधानसभा सदस्य निर्वाचनमा नवलपरासी–१ बाट जित हात पार्दै पहिलो पटक संघीय संसदमा पाइला चालेका थिए ।

विसं. २०७० मा भएको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा पनि उनले नवलपरासी-१ बाटै जित दर्ता गरे । संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा उनी नवलपरासी पूर्व–१ बाट निर्वाचित भएका थिए ।