काठमाडौँ– प्रतिनिधिसभा सदस्यका लागि चितवन-१ बाटराष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुरेन्द्रप्रसाद पाण्डेलाई ७ हजार ५८१ मतान्तरले हराउँदै पहिलो प्रयासमै संघीय संसद निर्वाचन जितेका हुन् ।


ADVERTISEMENT


अन्तिम मतपरिणाम अनुसार ढकालले ३४ हजार १८९ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी पाण्डेले २६ हजार ६०८ मत ल्याए । यस्तै पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका  विश्वनाथ पौडेल भने २४ हजार ९९० मतसहित तेस्रो स्थानमा सीमित भए ।


ADVERTISEMENT

# # #


नेपाली पूँजीबजारमा सक्रिय रहँदै राजीनिमा आएका ढकालले पहिलो प्रयासमै पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डे र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पौडेललाई स्तब्ध बनाएका हुन् ।