सप्तरी– सप्तरी निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा पदमा नेपाली कांग्रेसका उम्मेदवार दिनेशकुमार यादव निर्वाचित भएका छन् । निर्वाचन अधिकृत मदनप्रसाद पराजुलीका अनुसार यादव यादवले २६ हजार एक सय ६६ मत ल्याएर निर्वाचित भएका हुन् ।


ADVERTISEMENT


उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का ताराकान्त चौधरीले २२ हजार तीन सय मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस्तै जनमत पार्टीका अनिश अन्सारीले १५ हजार एक सय १४ मत प्राप्त गरे । रासस


ADVERTISEMENT

# # #