काठमाडौँ – प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा सुर्खेत निर्वाचन क्षेत्र नं. १ बाट नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का विजयी भएका छन् । खड्काले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ध्रुवकुमार शाहीलाई ११ हजार ६१९ मतान्तरले पराजित गरेका हुन् ।


ADVERTISEMENT


अन्तिम मतपरिणाम अनुसार निर्वाचित खड्काले ४२ हजार ६०७ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी शाहीले ३० हजार ९८८ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका मोहम्मद हसरत अली ८९७ मतसहित तेस्रो बनेका छन् ।


ADVERTISEMENT

# # #


खड्काले यसअघि वि.सं २०४८, २०५१ र २०५६ सालमा सुर्खेत–१ बाट निर्वाचित हुँदै संघीय संसदको अनुभव लिइसकेका छन् । उनी गत वर्ष भएको काँग्रेसको १४औँ महाधिवेशनमा उपसभापतिमा निर्वाचित भएका थिए ।