मेलम्ची – सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत बिजयी भएका छन् । उनले नेकपा (एमाले) का उम्मेदवार शेरबहादुर तामाङलाई पराजित गरेका हुन् ।


ADVERTISEMENT


बस्नेतले ११ हजार आठ सय ७४ मतान्तरले तामाङलाई पराजित गरे । कांग्रेसका बस्नेतले ३९ हजार तीन सय ६७ तथा एमालेका तामाङले २७ हजार चार सय ९३ मत ल्याएको जिल्ला निर्वाचन अधिकारी विकास रिजालले जानकारी दिए ।


ADVERTISEMENT

# # #