रामेछाप – रामेछापमा प्रतिनिधिसभा सदस्यमा कांग्रेसका पूर्णबहादुर तामाङ विजयी भएका छन् । तामाङले एमालेका कैलाशप्रसाद ढुंगेललाई पराजित गरे ।
दुई नेताबीच १६ हजार ३ सय ६९ को मतान्तर छ । विजयी भएका तामाङले ४७ हजार ९८ मत प्राप्त गर्दा ढुंगेलले ३० हजार ७ सय २९ मत पाए ।