काठमाडौँ – निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा पःन मतदान गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


गत मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा धाँधली भएको र बुथ कब्जा गरेकाले मतदानको स्वच्छता र निष्पक्षतामा असर पुगेको भन्दै आयोगले पुनः मतदान गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


जस अनुसार दोलखाको वैतेश्वर गाउँपालिका–२स्थित जनज्योति मावि पुतलकीकाठका २ मतदान केन्द्र, वडा नं.–३ स्थित कोलीढुङ्गा माविका ३ वटा मतदान केन्द्र र वडा नं. ६ स्थित वैतेश्वर माविका ३ वटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ ।

यस्तै आयोगले तामाकोशी गाउँपालिका–३स्थित हेल्थपोस्ट भवन जफेका २ वटा मतदान केन्द्रमा समेत पुनः मतदान गर्ने निर्णय गरेको छ ।

दोलखामा प्रतिनिधिसभाका लागि पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट माओवादीका गंगा कार्की उम्मेदवार छन् । उनलाई नेकपा एमालेका बालकृष्ण शिवाकोटीले चुनौती दिँदै चुनावी मैदानमा उत्रिएका छन् ।

यस्तै प्रदेशसभातर्फ प्रदेशसभा ‘क’ निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनबाट काँग्रेसका कुन्दन राज काफ्ले उम्मेदवार रहेका छन् । एमालेले नरबहादुर श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

यस्तै प्रदेशसभा ‘ख’ निर्वाचन क्षेत्रमा गठबन्धबाट काँग्रेसका वर्मा लामा उम्मेदवार रहेका छन् भने एमालेबाट भरतबहादुर केसी उम्मेदवार छन् ।