काठमाडौँ — नेपाल बिमा प्राधिकरणले ७ वटा लघुबिमा कम्पनीहरु छनोट गरेको छ । लघुबिमाका नियामक निकाय प्राधिकरणले एक सूचना जारी गर्दै परेका ३१ आवेदनमध्ये हरेक प्रदेशमा प्रति १ वटाका दरले ७ कम्पनीलाई छनोट गरेको जनाएको हो।


ADVERTISEMENT


सूचनामा भनिएको छ , ‘लघुबिमा व्यवसाय गर्ने कम्पनी संस्थापनाको लागि यस प्राधिकरणबाट भदौ १० मा ३५ दिने सूचना प्रकाशन गरी प्रस्ताव आह्वान गरिएकोमा म्यादभित्र प्राधिकरणमा दर्ता हुन आएका प्रस्तावमध्ये प्राधिकरणबाट मूल्यांकन हुँदा तपसिल बमोजिमका प्रस्तावहरूलाई छनोट गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’


ADVERTISEMENT

# # #


यी हुन् प्राधिकरणले गरिएका कम्पनीको नामसूची

जीवन बिमा व्यवसायतर्फ छनोट कम्पनी

-गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लि, (बिराटनगर ७, मोरङ, प्रदेश ) ।

-क्रेष्ट माइकोलाइफ इन्स्योरेन्स लि, (वीरेन्द्रनगर, सुर्खेत, कर्णाली प्रदेश ।)

-लिबर्टी माइक्रोलाइफ इन्स्योरेन्स लि.(पोखरा ८ कास्की, गण्डकी प्रदेश ।)

लघु निर्जीवन बीमा व्यवसायतर्फ छनोट कम्पनी

-ट्रष्ट माइक्रो इन्स्योरेन्स क। लि.(लुम्बीनी प्रदेश बुटवल २, रूपन्देही ।)

-नेपाल माइको इन्स्योरेन्स क. लि (भरतपुर १, चितवन, बाग्मती प्रदेश ।)

-स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लि। (जनकपुरधाम धनुषा, मधेश प्रदेश ।)

-प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लि। (कैलाली, सुदुरपश्चिम प्रदेश ।)