काठमाडौँ– प्रतिनिधि सभा सांसद निर्वाचित भएका नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवालविरुद्ध कागजात किर्ते गरेको मुद्दा परेको छ।


ADVERTISEMENT


महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रवीन्द्र धानुकले बुधबार परिसरमा सिलवालविरुद्ध मुद्दा परेको पुष्टि गरे।


ADVERTISEMENT

# # #


यसअघि सर्वोच्च अदालतले सिलवालले आइजिपी बढुवाका सम्बन्धमा सर्वोच्चमा पेश गरेका कागजात किर्ते भएको भन्दै किर्ते गर्नेमाथि अनुसन्धान गर्न आदेश दिएको थियो।

मुद्दा दर्ता भएसँगै सिलवाललाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको उच्च प्रहरी स्रोतले सेतोपाटीलाई जानकारी दियो। सांसद निर्वाचित भए पनि सपथ नखाएकाले सिलवाललाई पक्रन सभामुखको स्वीकृति आवश्यक पर्दैन। सिलवाल पक्राउ परेपछि थुनामा राखेर अनुसन्धान थालिने स्रोतको भनाइ छ।