काठमाडौँ – काठमाडौँमा जारी एभरेस्ट प्रिमियर लिग(इपीएल)मा भैरहवा ग्ल्याडियटरले दोस्रो जीत हात पारेको छ । आज भएको खेलमा ललितपुर प्याट्रियट्सलाई ४ विकेटले पराजित गर्दै विजयी यात्रालाई निरन्तरता दिएको छ ।


ADVERTISEMENT


किर्तीपुरस्थित टीयू मैदानमा ब्याटिङ थालेको ललितपुरले पूरै ओभर खेल्दै १४१ रन बनायो । ब्याटिङमा उत्रिएको भैरहवाले जीतका लागि अन्तिम बलसम्म् कुर्नुपर्यो । विराटनगरका लागि हरिशंकर शाह १० रन बनाएर आउट हुँदा एक रन बनाएका प्रदीप ऐरी योगेश नागरको हातबाट एलबीडब्लुको शिकार भए ।


ADVERTISEMENT

# # #


यस्तै कप्तान शरद भेषवाकरले पुनित बिष्टसंग राम्रो साझेदारी गरेपछि टिमको अंक केही माथि पुगेको थियो । तर कप्तान शरद १३ रनमा सन्दीप लामिछानेको बलमा बोल्ड हुन पुगे । यस्तै सदा झै पुनित बिष्टले ५० रन बनाए । उनले ३८ बलको सामना गरे । पुनित मेहरा ५ रनमा आउट हँदा आरिफ शेखले रोहित कुमार पौडेलसंग उत्कृष्ट साझेदारी गरेपटि टिम जीत नजिक पुगेको थियो ।

रोहित पौडेलले ११ बलमा ३१ रनको योदान दिँदै टिमलाई जिताउन महत्वपूर्ण भूमिका खेले । विस्फोटक पारि खेल्ने क्रममा रोहितले ११ बलमा ५ चौका र १ छक्का प्रहार गरे । अन्तिम २ बलमा २ रन चाहिएको थियो । रोहितले २ रन बनाउन खोज्दा रन आउट भए । तर अन्तिम बलमा कृष्ण कार्कीले चौका प्रहार गर्दै भैरहवालाई जीत दिलाए ।

कृष्ण कार्की ४ तथा आरिफ सेख २७ रनमा नटआउट रहे । यता ललितपुरका लागि योगेश नागरले २ विकेट लिए । यस्तै सुबोध भाटी र सन्दीप लामिछानेका नाममा समान १/१ विकेट रह्यो । ललितपुरले अन्तिममा राम्रो फिल्डिङ गर्न नसक्दा आजको खेल गुमायो ।

यसअघि टस हारेर ब्याटिंग गरेको ललितपुरका लागि भारतीय खेलाडी योगेश नागरले सर्बाधिक ५४ रन बनाए । ३३ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २९ बलमा ३ चौका र २ छक्का सहित ४२ रन बनाए ।

खातामा स्कोर १ रनमात्र हुदा पवन सर्राफलाई गुमाएको ललितपुरले कोल्सावालालाई पनि व्यक्तिगत १४ रनमा गुमाएको थियो । राजबिर सिंह ८ रन, मेहबूब आलम २रन, कुशल भुर्तेल ४ रन, सुबोध भाटी २ रन, सन्दिप लामिछाने शुन्य रनमा आउट भए भने सोनु तामांग ३ बलमा १ चौका सहित ५ रनमा अविजित रहे ।

बलिंग तर्फ भैरहवाका दिपेश श्रेष्ठले ३ विकेट लिन २४ रन खर्चे, आरिफ शेख र पुनित मेहराले २र२ तथा शरद भेसावाकरको नाममा १ विकेट रह्यो ।