काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् । उनले आजैदेखि लागू हुनेगरी पदबाट राजीनामा दिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।


ADVERTISEMENT


क्यानले प्रभाकरको राजीनामा स्वीकृत समेत गरेको छ । नेपाली टोलीले निरन्तर खराब प्रदर्शन गरेसँगै यसअघि क्यानले उनलाई राजीनामा दिन दबाब दिइरहेको थियो । गत साउन अन्तिम साता नेपाली टोलीको जिम्मेवारी सम्हाल्न आइपुगेका भारतका प्रभाकर ४ महिनामै जिम्मेवारीबाट अलग भएका हुन् ।


ADVERTISEMENT

# # #


सोमबार स्वदेश फर्किएका उनले त्यतैबाट राजीनामा दिएका हुन् । प्रभाकरको मुख्य प्रशिक्षकत्वमा नेपाली क्रिकेटले ३ वटा सिरिज खेलेको थियो । जसमध्ये नेपालले भदौ पहिलो साता केन्यासँग उसकै मैदानमा ५ खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज ३–२ले जितेको थियो भने ३ खेलको ‘लिस्ट ए’ मान्यताप्राप्त सिरिज क्लीन स्पीप गरेको थियो । यस्तै नोभेम्बर दोस्रो साता युएईसँग नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईसँग ३ खेलको एकदिवसीय सिरिज २–१ ले जितेको थियो ।

तर, सन् २०२३ मा भारतमा हुने एक्दिवसीय क्रिकेट सिरिजको मूल ढोकाको रुपमा रहेको विश्वकप लिग–२ अन्तर्गत महत्वपूर्ण मानिएको नामिबिया सिरिजमा नेपालले बिर्सिनालायक प्रदर्शन गरेपछि प्रभाकरमाथि पद छाड्ने दबाब परेको थियो । नामिबियामा नेपालले १ खेल वर्षाका कारण अनिर्णित भइ अंक बाड्दा ३ खेलमा हार व्यहोरेको थियो ।

प्रभाकरमाथि नेपाली ब्याटिङ लाइन–अप ध्वस्त पारेको, खेलाडीसँग मनमुटाव गरेको आरोप लाग्ने गरेको थियो ।