काठमाडौँ– प्रधानमन्त्री शेर बहादुर देउवाले स्थानीय तहलाई क्रमश आत्मनिर्भर संस्थाको रुपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिनएका छन् । सोमबार काठमाडौंमा नेपाल नगरपालीका संघको ८ औं राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको स्रोत र साधनको पहिचानका साथ उचित उपयोग गर्दै क्रमश आत्म निर्भर संस्थाको रुपमा बिकास गर्दै लैजानुपर्नेमा जोड दिएका हुन् ।


ADVERTISEMENT


जनताको अपेक्षा र आवश्यकताको उचित सम्बोधन हुने गरि स्रोत र साधनको उचित परिचालन गर्दै जनप्रतिनिधिको जनताप्रतिको दायित्व र जवाफदेहितालाई प्रभावकारी रुपमा पुरा गर्नुपर्ने उनले बताए । त्यस्तै प्रधानमन्त्री देउवाले स्थानीय तहलाई चूस्त पारदर्शी र प्रविधिमैत्री बनाउदै जनतालाई सहज रुपमा कार्यसम्पादन गर्नुपर्ने धारणा राखे ।


ADVERTISEMENT

# # #


उनले स्थानीय तहबाट हुने कामको मूल्याङ्कनका आधारमा जनताले सरकारलाई हेर्ने दृष्टिकोण तय हुने भएकाले जनताको सेवामा प्रतिवद्ध हुनुपर्ने । देउवाले मुलुकको बिकासका लागि आवश्यक पूर्वाधार निर्माणका लागि पनि स्थानीय तह गम्भीर हुनुपर्ने जिकिर गरे ।