काठमाडौँ– बंगलादेशमा जारी एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेल खेलिरहेको नेपालले पाकिस्तान यू-२३ टोलीसमक्ष १८१ रनको बिजय लक्ष्य प्रस्तुत गरेको छ ।


ADVERTISEMENT


बंगलादेशको शेख कमल अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर पाकिस्तानले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन बनाएको हो । भरपर्दा ब्याट्सम्यानहरु ज्ञानेन्द्र मल्ल, सागर पुन र दिपेन्द्र सिंह ऐरीलाई सस्तैमा गुमाएको नेपालको इनिङस् सुनिल धमला र शरद भेषावकरले सम्हालेका थिए । धमला ४३ र शरद ३८ रनमा आउट भए ।


ADVERTISEMENT

# # #


दिपेन्द्र १४, सागर ४ र कप्तान मल्ल २ रनमा आउट भएपछि नेपाली इनिङस् एक समय धरमराएको थियो । १ सय २६ वलको सामना गरेका सुनिलले ४३ रन जोड्दा ३८ रन जोड्न शरदले ५८ वलको समना गरेका थिए । यस्तै बिनोद भण्डारी २२ रन जोडे । उनले ३१ बल खेलेर १ छक्का प्रहार गरे । यस्तै महबुब आलम गोल्डेन डक आउट भए । अन्तिम ओभरमा आरिफ शेख १६ रनमा आउट भए भने सन्दिप लामिछाने पनि गोल्डेन डक आउट भए ।

नेपाललार्इ यस्तैमा समेट्ने क्रममा पाकिस्तानमा गुलाम मुदासार एक्लैले ५ विकेट लिए भने उसामा मिरले पनि २ विकेट लिए । पछिल्लो पटक नेपाली टिम पाकिस्तानको २३ बर्ष मुनिको टोलीसंग ९ विकेटले पराजित भएको थियो । नेपाल रहेको समुह एमा पाकिस्तान सहित बंगलादेश र हङकङ समावेश छन ।

एसियाली क्रिकेट परिषद एसीसीको आयोजनामा सञ्चालित प्रतियोगिता ४ बर्षपछि बंगलादेशमा हुदैछ । प्रतियोगितामा एसोसियट राष्ट्रको सिनियर टिम सहित टेष्ट राष्ट्रका २३ बर्ष मुनिका खेलाडीको सहभागिता रहनेछ । पाकिस्तानी टोलीले केहिबेरमा जवाफी ब्याटिङ गर्दैछ ।